गृहपृष्ठ बागी अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको पाचौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न
बागी अर्घाखाँची सम्पर्क समाज रुपन्देहीको पाचौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न
बुटवल । बागी (अर्घाखाँची ) सम्पर्क समाज रुपन्देहीको पाचौं साधारण सभा तथा तीज मिलन कार्यक्रम मिति २०८२ भाद्र ७ गते शनिबार बुटवल फुलबारीमा सप्पन्न भएको छ ।
समाजका अध्यक्ष बाबुराम खनालको अध्यक्षता, मालारानी ५ का पुर्व वडा अध्यक्ष शोभाकर भुसाल को प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बिष्णु बहादुर कुवरले गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष भोज बहादुर खडका, सस्थापक अध्यक्ष दिनेश भुसाल, पुर्व उपाध्यक्ष तथा महिला नेता अनमोल कुँवर, पत्रकार डिलाराम भुसाल, संरक्षक डबल बि.सि. लगायत अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
समाजका कोषाध्यक्ष ठाकुर पन्थीले आर्थिक प्रतिवेदन र समजका अध्यक्ष खनालले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मौलिक गीत र नाचगान गरि रमाइलो गरिएको थियो उक्त कार्यक्रममा कलाकारहरु सागर खडका, प्रकाश दर्नाल लगायतले उपस्तिथि महानुभाबहरुलाई छमछमी नचाउनुभएको थियो । यस समाजको लागि विभिन्न तरिकाबाट सहयोग गर्नुहुने सहयोगी मनहरुलाई यसै कार्यक्रमका अवसरमा सम्मान पनि गरिएको थियो । सम्पन्न कार्यक्रमको संचालन सचीव मदन मिश्रले गर्नुभएको थियो ।
फोटो फिचर :













