२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज बैशाख ४ मा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज बैशाख ४ मा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको छ ।

त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।

कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने छ । यस्तै पीसीआर टेस्ट समेत गरिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार