२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ घरेलु टिम भारतलाई इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज

घरेलु टिम भारतलाई इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ  ।

पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो बनाएको हो  ।

भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले । डाविड मालनले ५० रनको इनिङ्स खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए ।

यस्तै बेन स्टोक्सले ३५, मोइन अलीले २९ रन जोड्दा कप्तान जोस बट्लरले १५ रन बनाए । आदील राशिद १९ र जासन रोय १४ रनमा आउट भए । मार्क उड पनि १४ रन बनाएर आउट भए ।

भारतका सार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारको नाममा ३ विकेट रह्यो ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।

भारतका लागि ऋषव पन्तले ७८ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै हार्दिक पाण्डयले ६४ रनको इनिङ्स खेले भने रोहित शर्मा ३७ रनमा आउट भए । शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डयले २५ रन बनाए ।

 

इंग्ल्यान्डका मार्क उडले ३ तथा आदील राशिदले २ विकेट लिए ।

यससँगै भारतले इंग्ल्यान्डविरुद्धको तीनै फर्म्याटको सिरिजमा कब्जा जमाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार