गृहपृष्ठ सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड मिति सार्बजनिक हेर्नुहोस कहिले हुदैछ बाँडफाँड ?
सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड मिति सार्बजनिक हेर्नुहोस कहिले हुदैछ बाँडफाँड ?
सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ । मेगा क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धको भनाई छ ।
१३ लाख ७१ हजार ५३७ जना आइपीओ पाउनबाट बञ्चित यता, सिंगटी हाइड्रो इनर्जीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो मागको तुलनामा ९।३४ गुणा बढी हो ।यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।






