गृहपृष्ठ सवारी दुर्घटनामा परि ८२ जनाको मृत्यु
सवारी दुर्घटनामा परि ८२ जनाको मृत्यु
झापामा १३ महिनाको अवधिमा सवारी दुर्घट नामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती दुर्घटनामा दुई सय ५३ पुरुष र ५५ महिला गरी ३०८ जना सख्त घाइते भएको कार्यालयले जनाएको छ । ५०८ स्थानमा भएको दुर्घटनाबाट तीन सय ९६ जना पुरुष र ९४ जना महिला सामान्य घाइते भएको कार्यालयले जनाएको छ । यो पनिस्प्रयोग गर्न जाने सामाजिक सञ्जालका सयौं फाइदाहरु छन् तर, प्रयोग नजानेमा यसले पुर्याउने बेफाइदाका बारेमा सोच्न पनि सकिन्न ।
@zkhabar






