गृहपृष्ठ विभिन्न कला, सस्कृति, झ्याकी ग्याली सहित पाल्पाको रिब्दिकाेटमा सप्ताहव्यापी सास्कृतिक मेला सम्पन्न
विभिन्न कला, सस्कृति, झ्याकी ग्याली सहित पाल्पाको रिब्दिकाेटमा सप्ताहव्यापी सास्कृतिक मेला सम्पन्न
चैत १० गते देखि १७ गते सम्म रिब्दिकाेट गाउँपालिकामा सञ्चालन भएको सप्ताहा व्यापी सास्कृतिक महाेत्सव विभिन्न बाजा,झ्याकी सहित सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिका भित्र मनाइने एतिहासिक फागु,साेरठी,भजन,लाखे नाच ,पञ्चेबाजा एवम कला र सस्कृतिकाे संरक्षण गर्ने उधेश्यले आयाेजना गरिएको सास्कृतिक महाेत्सव चैत १७ गते विभिन्न झ्याकी ग्याली प्रदर्शनी सहित समापन गरिएको हाे ।
ग्याली करिब १५ टाेलीहरूकाे सहभागीता रहेको थियाे । रिब्दिकाेट गाउँपालिका भित्रका ८ वटै वडाहरूमा नाचिने नाच,फागु,पञ्चेबाजा,साेरठी लाखे नाचहरू प्रदर्शन गरिएको थियाे । ग्याली बाहुन डाडाबाट नाच्दै,गाउदै प्रदर्शन गर्दै हार्थाेक पुगी भैरवस्थान मन्दिरमा पुगरे समापन भएको थियाे ।
समापन कार्यक्रमका प्रमुख अतिथि रिब्दिकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पछिल्लो समयमा परम्परागत रूपमा मनाइने चाडपर्व परम्परागत,कला सस्कृति प्रचार प्रसारकाे अभावले गर्दा लाेप हुने अवस्था पुगेको बताउदै रिब्दिकाेट गाउँपालिकाले कला सस्कृतिक संरक्षण गरि नया पुस्तामा हस्तान्तरण गर्न र ती कला सस्कृति रितिरिवाजलाई जिवित राख्नकाे लागि विगतका बर्षहरूबाट नै याे कार्यक्रम सञ्चालन गरिएको याे बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयाे ।

बिशेष गरि रिब्दिकाेट गाउँपालिका भित्र बजाई पञ्चे बाजा,डाेलक,डम्फु मादल लगाएतका बाध्यबादकहरू एवम सस्कृतिकाे सरक्षण गरि रिब्दिकाेट गाउँपालिकालाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गरि नागरिकहरूलाई आत्मनिर्भर बनाउने उधेश्यले महाेत्सवकाे आयाेजना गरिएको बताउनु भयाे । सास्कृतिक महाेत्सवमा रिब्दिकाेटका ८ वटै वडाका कला,सस्कृति झ्याकी प्रस्तुत गरिएको र यसबाट रिब्दिकाेट बासीमा आत्मियता एवम भाइचाराकाे सम्बन्ध स्थापित भएको बताउनुभयाे । आगामी दिनमा यस्ता कला सस्कृतिक संरक्षण गर्न गाउँपालिका निरन्तर रूपमा अगाडि बढ्ने बताउनुभयाे ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सांसद धनिन्द राज घिमिरे रिब्दिकाेट गाउँपालिकाले सप्ताहा व्यापी रूपमा सास्कृतिक महाेत्सव अायाेजना गरि कला र सस्कृतिकाे संरक्षण एवम पुस्ता हस्तान्तरणमा महाेत्वपुर्ण काम गरेको बताउनु भयाे । पाल्पा जिल्ला रिब्दिकाेट गाउँपालिकाकाे भैरवस्थान,जलेश्वर लगाएतका महाेत्पुर्ण धार्मिक स्थलहरू रहेको बताउदै जुन गाउँपालिकाले ती धार्मिक एवम सास्कृतिक सम्पदाकाे संरक्षण एवम प्रचार प्रसार गरेकाे बताउनु भयाे । उस्ले कला र सस्कृतिक संरक्षण सँगसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूकाे आगमनमा वृद्धि गरि यहाका नागरिकहरूलाई पर्यटन व्यवसायबाट उत्पादनमुलक काममा जाेड्न मधत गर्ने बताउदै भैरवस्थान मन्दिर,जलेश्वर मन्दिरकाे मर्मत सम्भार एवम संरक्षणकाे लागि प्रदेशबाट सहयोग गरिरहेकाे बताउदै आगामी दिनमा सहयोग गर्ने बताउनुभयाे ।

त्यस्तै कार्यक्रमकि संयाेजक एवम उपाध्यक्ष लक्ष्मी खनालले सास्कृतिक महाेत्सव निकै सफलता पुर्वक सम्पन्न भएको बताउनु भयाे । चैत १० गते देखि नै नागरिकहरूकाे उत्साहापुर्व उपस्थित रहेको बताउनु भयाे । रिब्दिकाेट गाउँपालिकामा मनाइने चाड पर्वमा,फागु नाच,असारे गित तिज गीत लाखे नाच,साेरठी पञ्चेबाजा लगाएतका सास्कृतिक नाच एवम प्रदर्शनि गरिएको र यस्ले नया पुस्ताहरूमा सास्कार र सस्कृति हस्तान्तरण टेवा पुगेको बताउनु भयाे । रिब्दिकाेट गाउँपालिका भित्रका नाच एवम कला सस्कृति प्रदर्शनकाे माध्यमबाट नया पुस्तालाई सिकाउने अवसरकाे साथ साथै कला र सस्कृतिकाे प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरूकाे आगमन वृद्धि सँगै रिब्दिकाेट गाउँपालिकालाई पर्यटकीय माध्यमबाट समृद्ध बनाउने उधेश्यले सास्कृतिक महाेत्सव राखिएको बताउनुभयाे ।

त्यस्तै कार्यक्रम सहसंयाेजक एवम भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारी रिब्दिकाेटकाे फागु नाच लाखे नाचकाे छुट्टै पहिचान रहेको बताउदै यसलाई संरक्षण र प्रचार प्रसारमा आफुहरू लागि रहेको बताउनु भयाे । जब कला र सस्कृतिकाे संरक्षण हुन्छ तब मात्र नेपालीकाे अस्तित्व रहने बताउदै ती कला सस्कृतिकाे संरक्षण सँगै पाल्पा भैरव मन्दिरकाे संरक्षणमा जुटेकाे बताउनु भयाे चैत १० गते सरसफाइ कार्यक्रमबाट शुरू भएको उक्त महाेत्सव रक्तदान,सेन बशिय इतिहास सम्बन्धि अन्तरकृया,भलिबल प्रतियाेगिता,लाेक नृत्य प्रतियाेगिता ,चिर पाेल्ने कार्यक्रम फागु उत्सव र झ्याकी ग्याली सहित सम्पन्न भएको र सास्कृतिम महाेत्सवमा रिब्दिकाेट वासीहरूकाे उत्साहा पुर्वक सहभागिता रहेकोले मेला सफलता पुर्वक सफल भएको बताउनु भयाे । प्रतियाेगिताकाे अन्तिम दिन प्रतियाेगितामा विजयी टिमहरूलाई पुरस्कार वितरण गरिएको थियाे । कार्यक्रमकाे बारेमा चैत १० गते देखि समापनकाे दिन सम्म पाल्पा भैरव मिडिया प्रालीद्वारा सञ्चालित भैरव खबर डटकमले प्रत्यक्ष प्रसार एवम प्रचार प्रसार गरेको थियाे ।







