गृहपृष्ठ केहि दिनमै करिब ८ अर्ब बराबरको आइपियो निस्कासन हुदै
केहि दिनमै करिब ८ अर्ब बराबरको आइपियो निस्कासन हुदै
विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर ९आईपीओ० जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ९एनआरएनए०ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्न स्थापना भएको कम्पनीको आईपीओ जारी गर्ने योजना रहेकोे एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले लगानी गर्न सक्नेछन्,’ पन्तले भने, ‘नेपालको विकास र समृद्धिमा लगानी गरि आर्थिक लाभसमेत उठाउन सकिन्छ ।
८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर ९आइपीओ० निष्कासन हुने जनाएको छ । कम्पनी दर्ता भए पनि आईपीओ जारी गर्न अन्य प्रक्रिया बाँकी नै रहेको छ । तर, कोषले सबै प्रक्रिया पु¥याए पछि आईपीओ जारी गर्नेछ ।एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर लगानी गर्न लागेको हो ।१० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको एनआरएनले विदेशमा रहेका नेपालीलाई डलरमा भर्न पाउने गरी आईपीओ निष्कासन गर्ने जनाएको छ । एनआरएन इन्भेष्टमेन्ट फण्डको कम्पनीकालागि प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने योजना बनाएको छ ।
संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउनेगैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए । मुलुक भित्र रहेका नेपालीले भने त्यस किसिमको प्राथमिक शेयरमा आवेदन दिन पाउने छैनन् ।संघले दुई वर्ष अघि लगानी सम्मेलन मार्फत १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप लगानी भित्र्याउन भन्दै प्राथमिक शेयर निष्कासनको तयारी गरेको हो । यसमा आफ्नो १० प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहने गरी एनआरएनले जनाएको छ ।
नेपाल सरकार र अर्थ मन्त्रालयबीचको सहमति अनुसार कम्पनी दर्ता भएको हो । यसका लागि दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको संस्थापक लगानीको लागि प्रतिबद्धता आइसकेको संघले जनाएको छ । कम्पनीमा ८५ प्रतिशत लगानी ९पब्लिक० गैर आवासीय नेपालीको हुने छ । ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ । प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ ।
नेपाल सरकार,नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको विद्यमान कानुनले बाधा नपु¥याउने गरी यसलाई विशेष सुबिधा दिइएको छ । सोही विशेष सुविधा प्रयोग गर्दै कम्पनीले दर्ता भए लगत्तै विदेशमा रहेका नेपालीहरूबाट प्राथमिक शेयर मार्फत रकम संकलन गर्ने पन्तले बताए । संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउँदै छ । लगानी गर्नका लागि ७० भन्दा बढी प्रोजेक्टको प्रस्ताव तयार गरेको छ ।






