गृहपृष्ठ लगानीकर्ताको लागि आयो निकै खुशीको खबर १ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै
लगानीकर्ताको लागि आयो निकै खुशीको खबर १ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै
साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ । सो कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो । सो आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । यो रेटिङलाई औसत मानिन्छ । अहिले आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत रहेको कम्पनीले जनाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।
कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड सेबोनले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ । नेपाल धितोपत्र बोर्ड सेबोनले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।





