गृहपृष्ठ पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने
पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले शनिबार (भोलि) हुने नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् । हातको औँलामा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन ।
भोलिको खेल नखेल्ने निश्चित छ । बाँकी खेलको पनि टुंगो छैन । उनको स्थान नयाँ खेलाडीले लिने सम्भावना छ ।”
शनिबारबाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज हुँदै छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल भोलि १ः१५ बजेबाट सुरु हुँदै छ ।





