२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको आईपीओको ओपनिङ्ग रेञ्ज सार्बजनिक

सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको आईपीओको ओपनिङ्ग रेञ्ज सार्बजनिक

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएको प्रश्न भनेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला  सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको मूल्य दोश्रो बजारमा कतिसम्म पुग्ला जस्ता हुन् । त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासोको विषय बनेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको ओपनिङ्ग रेञ्जको विषयमा कुरा गर्नेछौँ ।

 

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियो । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदको आवेदन रद्द भएको थियो र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।

 

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६ र ७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार