२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ अनुदानमा कृषकलाई ४९ हाते ट्रयाक्टर वितरण

अनुदानमा कृषकलाई ४९ हाते ट्रयाक्टर वितरण

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । परम्परागत तबरले कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनभन्दा लागत धेरै लाग्ने र झण्झटिलो पनि हुने भएकाले कृषकहरुलाई आधुनिक प्रविधि तथा यान्त्रिकीकरणको प्रयोगमा जोड दिनका लागि हाते ट्रयाक्टर वितरण गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।

“पछिल्लो समय खेतबारी जोत्नका लागि गोरु नपाईने र साना तथा गराहरुमा हाते ट्रयाक्टरहरु बढी उपयोगी हुने ठानेर हाते ट्रयाक्टर वितरण गरेका हौं” उपप्रमुख तिवारीले भन्नुभयो, “यसको सही सदुपयोग गर्न र गाउँघरमा आलोपालो ब्यवस्थित तरिकाले सञ्चालन गर्नमा सहयोग पुग्नेमा विश्वस्त छु ।गत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा आवेदन परेका कृषक समूहहरुको अनुगमनपछि छनोट गरी वितरण गरिएको कृषि अधिकृत सुभासचन्द्र अर्यालले बताउनुभयो ।नगरपालिकाले ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु। ६० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु। ६५ हजारमा खरिद गरिएको अधिकृत अर्यालले बताउनुभयो ।

कृषकहरुको माग र आवश्यकताका आधारमा ट्रयाक्टर खरिद गरी वितरण गरिएको हो । कृषिमा आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बृद्धि गर्नुकासाथै छिटो, छरितो र सहजसमेत हुने भएकाले कृषकहरु पछिल्लो समय प्रविधितर्फ आकर्षित हुँदै गएकाले हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।किसानलाई ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु। ३० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु। ३२ हजार ५०० मा उपलब्ध गराईएको हो । हाते ट्रयाक्टर वितरण पूर्व कृषकहरुलाई सञ्चालन गर्नेसम्बन्धी अभिमुखीकरण दिईएको थियो । एकहप्ता अगाडि पनि वडा नं। ९ ले वडाका ब्यवसायिक किसान, कृषक समूह तथा फर्महरुलाई ५० प्रतिशत अनुदानमा १७ थान हाते ट्रयाक्टर वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार