२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ २५ दिन देखि फरार दुइ विवाहित महिला देख्नुहुनेले सम्पर्क गरिदिन आग्रह

२५ दिन देखि फरार दुइ विवाहित महिला देख्नुहुनेले सम्पर्क गरिदिन आग्रह

समाजमा दिनानुदिन हरेक किसिमका घटनाहरु घटिरहेका हामीले सुन्न सक्छौ । धेरै जसो घटना त अझ श्रीमान र श्रीमती बिचको सम्बन्धलाई लियर बिभिन्न किसिमका हेडलाइन हरु बनिरहेका हामीले युटुब तथा बिभिन्न न्युज साइट मार्फत थाहा पाउन सक्छौ । हो यस्तै यस्तै घटना घटेको छ तनहु , मुलपानीमा पनि ।

बिगत २ बर्ष अघि बिबाह बन्धनमा बाधिएकि सपना घिमिरे २५ दिन देखि घर बाट फरार भएकी छिन। उनको श्रीमान हरि बस्नेत रोजगारीकै शिलशिलामा भारत गएका थिए । १५ महिना पछि घर फर्किदा श्रीमती भने सम्पर्क बिहिन भयको ५ दिन बितिसकेको रहेछ । घर परिवारसंग भने आफ्नो माइत तर्फको बुवा बिदेशबाट आउदै र भेट्न जान्छु भन्दै घर परिवार संग बिदा लिएकि बुहारी सम्पर्क बिहिन हुदा मानसिक यातना त छदै छ तर दुखि र पिर चिन्ताले रुदै बसेका परिवारको आश भने बुहारी आउछे कि भन्ने आशा लिएका छन ।

श्रीमती सपना कि साथी अमृता घिमिरेले फरार गराएको अड्कल काट्न सक्छौ। उक्त महिला अमृताले भने ज्यान मार्ने धम्की समेत दिएकी छिन । अमृता घिमिरेले डेढ बर्षकी छोरी अर्कैको हातमा छोडी भागेको पनि हामीलाई उनको श्रीमानले बताएका छन । खोजीकार्य गर्दै जादा काठमाण्डौ स्थित बलम्बुको सतुङ्गलमा रहेको आशिर्बाद भोजानलय एण्ड लजमा हामीले भेटेका थियौ। उक्त ठाउबाट तनहु लिएर आउने व्यबस्था मिलायौ। तनहुको दमौली आइसकेपछि घर नजाने बताउदै होटलमा बसेका थिए ।

भोलिपल्ट घरमै गइ पारिवारिक समस्याको समाधान गरौ भन्ने योजना बनाउदा उनीहरु भने घर नजाने तर प्रहरी कार्यालय जाने र आफ्नो समस्या उक्त कार्यालयमा बताउने सोच बनाए सपना र अमृताले शनिबारको दिन भएको कारण केटा पक्षको अविभावक भने ढिला भएको थियो । केटी पक्षको आमा र बुबा भने आइसकेकाले श्रीमती र श्रीमान बीच मिलापत्र गराई फेरी नया जिन्दगि सुरु गर्ने स्वीकार्दै श्रीमान र स-परिवार कार्यलयबाट बाहिर निस्किए।

आरोपित महिला अमृता घिमिरे भने सपनालाइ लिएर फरार भइन । मिलापत्र भईसकेपछि पनि फरार भएका दुइ महिलालाई तनहुको जिल्ला प्रहरी कार्यालयले पनि तिब्र रुपमा खोजी गरिरहेको जानकारी दिएको छ।

उक्त न्युज सार्बजनिक भयो भने ज्यान मार्ने भन्दै धम्की पुर्ण फोनहरु आइरहेका छन । फोटोमा देखाइएका दुइ महिलालाई देख्नुहुने तथा भेट्नुहुने महानुभाबहरुले नजिकैको प्रहरी चौकी अथवा ९८०४१९५३०३ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार