गृहपृष्ठ चर्को घाममा मकै पोल्ने ७६ वर्षीय आमा बुबा,यसरी सुनाए आफ्ना दुःखका कथा (भिडियो)
चर्को घाममा मकै पोल्ने ७६ वर्षीय आमा बुबा,यसरी सुनाए आफ्ना दुःखका कथा (भिडियो)
नेपालगञ्जर बाँकेको सुन्दर शहर कोहलपुरको चौराहामा वर्षौं देखि मकै पोल्दै आएका ७६ वर्षीय अब बुवा संग (नेपालगञ्ज राइडर) नामक युट्युव च्यानलका साथीहरुको भेट भयो ।
वैशाखको चर्को घाममा मकै पोल्दै बसेका आमा बुवा संग हामीले केही बेर मकै खाँदै कुराकानी गरेका थियौं ,कुराकानीको क्रममा उहाँ हरुले आफ्ना दुःख र सुखका पल हामी सम्म साट्नु भयो ।
यहाँ मकै पोल्न थालेको कती भयो भनि हामीले सोधेको प्रस्नमा उहाँले भन्नु भयो हामीले मकै पोल्दा यो बाटो नै बनेको थिएन ,उहाँ हरुले यहाँ मकै पोलेर नै बिहान बेलुकाको जोह गर्नु भएको रहेछ । कुराकानी को क्रममा उहाँले अलि भावुक हुँदै भन्नु भयो अब लकडाउन हुदै छ , बिहान बेलुका यही मकै पोलेर गुजारा गर्ने हाम्रो हालत के हुने होला ?
थप भिडियोमा हेर्नुहोस् :





