२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने

निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने

काठमाडौं – कोभिडको दोस्रो लहरका कारण दुई दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पालना र विना दर्शक आयोजना गर्न स्वीकृति दिएको जानकारी दिएका छन् ।

‘अहिले जस्तै विना दर्शक । आयोजक, सहभागी टोलीका खेलाडी, खेल सञ्चालनका लागि प्राविधिक टोली र सञ्चाकर्मीको उपस्थितिमा मात्र एनएसएल सञ्चालन गर्न स्वीकृति भएको छ,’ राखेपका सदस्य सचिव सिलवालले भने,‘ युवा तथा खेलकुद मन्त्रालयमार्फत एनएसएल नरोख्ने प्रस्वाव लगिएको थियो ।’

मुख्यतः तीन कारणले एनएसएल जारी रहोस् भन्ने चाहेको सदस्य सचिव सिलावले प्रष्ट पार । एक त सुरुबाट विना दर्शक आयोजना भइरहेको छ । अर्को सहभागी टोली र आयोजकले एनएसएलका लागि ठूलो लगानी गरेका छैन् । अर्को यो समयमा घरमा बस्नेहरुले पनि फुटबल हेर्न पाउन्, उनले थपे,‘ स्वास्थ्य मापदण्ड ख्यालमा राख्दै अहिलेको जसरी सञ्चालन गर्दा संक्रमणको सम्भावना कम हुने भएकाले एनएसएलको निरन्तरता चाहेका हौं ।’
देशका अन्य भागमा हुने खेलकुदका गतिविधि भने स्थानिय अवस्था हेरेर सञ्चालन गर्न सकिने उनले बताए । ‘अब अहिले अरु ठूला प्रतियोगिता छैनन् । स्थानिय स्तरमा संक्रमणको अवस्था हेरेर आयोजना गर्न सकिन्छ, सिलवालले भने,‘ तर सरकारले तोकेका मापदण्डलाई ख्याल गर्न जरुरी छ ।’
कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन थालेपछि जिल्ला प्रशासनले वैशाख १६ गतेबाट दुई साता निषाधाज्ञा गर्ने निर्णय गरेको थियो । ७ टोलीको सहभागितामा वैशाख ११ देखि एनएसएलको पहिलो संस्करण सुरु भएको छ । सोमबार सम्म एनएसलका ४ खेल सम्पन्न भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार