२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ आईपीएल -डी ककको अर्धशतकमा मुम्बईको जित

आईपीएल -डी ककको अर्धशतकमा मुम्बईको जित

एजेन्सी । मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दिल्लीमा बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विन्टन डी ककले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कुर्नाल पाण्डेले ३९ रन बनाए ।

यस्तै सूर्यकुमार यादवले १६ रन जोड्दा कप्तान रोहित शर्माले १४ रन बनाए । केइरन पोलार्ड १६ रनमा अविजित रहे ।

राजस्थानका क्रिस मोरिसले २ विकेट लिए । मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

Image

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन बनाए ।

यस्तै जोस बट्लरले ४१ रन जोड्दा शिबम डुबेले ३५ रन बनाए । याशभी जैशवालले ३२ रन जोडे ।

मुम्बईका लागि राहुल चाहरले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।

Image

यस जितसँगै मुम्बईले ६ खेलमा ६ अंक जोडेको छ । मुम्बई चौंथो स्थानमा रहेको छ ।

राजस्थानको यो चौंथो हार हो । राजस्थानले ६ खेलमा ४ अंक जोडेको छ ।

राजस्थान सातौं स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार