२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ भोलि शुक्रबारदेखि सीइडीबी हाइड्रोको आईपीओ बजारमा आउदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

भोलि शुक्रबारदेखि सीइडीबी हाइड्रोको आईपीओ बजारमा आउदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युतकम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

 

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३.०५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५ र ०७६ मा १०.५४ प्रतिशत र २०७६ र ०७७ मा ७.३७ प्रतिशत नगद लाभांश बितरण गर्न सफल रहेको छ, भने कम्पनीले आगामी आ।व। मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०:३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

 

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको उक्त सेयरमा सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण सेयर निष्काशन बन्द छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार