गृहपृष्ठ नेपाल सुपर लिग – धनगढी विरुद्ध ललितपुरको बराबरी
नेपाल सुपर लिग – धनगढी विरुद्ध ललितपुरको बराबरी
काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत अहिले धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरले धनगढीविरुद्ध १-१ को बराबरी गरेको छ ।
खेलको ७९ औं मिनेटमा रन्जन विष्टले गोल गर्दै ललितपुरलाई खेलमा फर्काएका हुन् ।

यस अघि खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

आज धनगढी दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
धनगढी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
ललितपुर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
ललितपुर २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।
दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १-१ गोलको बराबरी खेलेको थियो ।






