२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ उपप्रधानमन्त्रीले धुर्मुसलाई सिंहदरबार बोलाएर गौतमबुद्ध क्रिकेट रंगशालाबारे चासो

उपप्रधानमन्त्रीले धुर्मुसलाई सिंहदरबार बोलाएर गौतमबुद्ध क्रिकेट रंगशालाबारे चासो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रंगशालाबारे चासो राखेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी एवं प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताएका थिए ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेको पाण्डेले बताए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिएको भन्दै उपप्रधानमन्त्री पोखरेललाई धन्यवाद दिए ।

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा कट्टेलले भने, ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो । नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं ।’ अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको कट्टेलले उपप्रधानमन्त्रीलाई जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।

धुर्मुसले भने, ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार