गृहपृष्ठ शहरबाट गाउँ फर्कने सवारी साधनमा यात्रुको चापले संक्रमणको जोखिमअझै बढ्यो
शहरबाट गाउँ फर्कने सवारी साधनमा यात्रुको चापले संक्रमणको जोखिमअझै बढ्यो
कोभिड १९ को संक्रमणको दोस्रो लहर सुरु भएपछि हिले गाउँ फर्केनेको चाप निकै बढेको छ। शहर छोडेर गाउँ फर्कनेहरुको लामो लाईन देख्दा कोरोना संक्रमणको जोखिम उच्च भएको देख्न सकिन्छ ।
काठमाडौबाट बुटवल भैरहवा संगै गुल्मी स्याङ्जा छिर्ने सवारी साधनमा यात्रुहरूको भिडभाड देखिएको छ। भैरहवा सुनौली नाकाबाट नेपाल भित्रीनेहरुको पनि घुइँचो देख्न सकिन्छ । सवारीका साधनहरु दैनिक रुपमा गुल्मी वालिङ गल्याङ हुँदै भित्रीएका छन् ।
घर फर्कनेहरुको भिड बढे संगै बुटवल पाल्पाबाट गुल्मी स्याङ्जा जाने सवारी साधन नपाउदा ट्याक्सी भ्यानको रिजव गरेर दोब्बर चर्को भाडा तिरेर गन्तव्यमा जान परेको यात्रुहरुको गुनासो रहेको छ ।
शहर भन्दा गाउँ सुरक्षित रहेको भन्दै गाउँ फर्कनेहरुको भिड देख्न सकिन्छ। यसरी घर फर्कनेहरु स्वास्थ्य मापदण्डका नियम पालना गरेर बसेको पाइएको छैन। कोरोना कहरको यो विषम परिस्थितिमा स्थानिय निकायले भारत तथा तेस्रो मुलुक र शहरबाट आउने हरुको तथ्यांक सँकलन गरी चेकजाँच क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्नु जरुरी भएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा क्वारेन्टाइनको व्यवस्थापन गरिएको छैन । कोरोना कहरको रोकथामका लागि पिसिआर र एन्टिजिन परिक्षण सँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्नु पर्ने र जिल्लामै लकडाउन गर्नु पर्ने देखिएको छ ।





