गृहपृष्ठ यसकारण लोकप्रिय छ बजाज एनएस मोटरसाइकल
यसकारण लोकप्रिय छ बजाज एनएस मोटरसाइकल
नेपालमा मात्रै होइन अन्तराष्ट्रिय बजारमापनि बजाज मोटरसाइकलले ठूलो लोकप्रियता कमाएको छ ।
विभिन्न मोडलका फरक फरक डिजाइनका मोटरसाइकल कै कारण युवा वर्ग बजाज बाइकमा लोभिएका छन् ।
बजारमा बजाज २२० र एनएस २०० सेग्मेन्ट पावरको लागी उत्कृष्ट मानिन्छ । नेपाली बजारमा सर्वाधिक रोजाइमा परेको मोटरसाइकल पनि यिनै हुन ।
पछिल्ला बर्षमा बजाज पल्सर २०० सेग्मेन्टको बाइक भित्र्याएपछि ब्रान्ड कै लोकप्रियता ह्वातै बढ्यो । एनएस २०० अहिले जो कोही युवाको समेत रोजाइमा पर्छ । नेपाली बजारमा एनएस १६० सिरिज समेत आइसकेको छ भने १२५ सिरिज आउने क्रममा छ ।
नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक गोल्छा गु्प अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस लगाएत बजाजका प्रोडक्ट विक्री गर्दै आएको छ ।
डिजाइनः पल्सर एनएस डिजाइन नै सबैभन्दा बलियो पक्ष हो । यसमा प्रयोग भएको सिग्नेचर हेडल्याम्प, एलइडी टेल लाइट, निकै आकर्षक इन्धन ट्याङ्की, पाइलट ल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।
साथै, कम्पनीले यसलाई विभिन्न आकर्षक कलरमा बजारमा ल्याएको छ ।
इन्जिनः बजाज एनएस बाइकको सबैभन्दा महत्वपूर्ण पक्ष नै इन्जिन हो । पावरफुल इन्जिन, एबीएस, इफआई प्रविधिले यो बाइकलाई अझ सानदार र आकर्षक बनाएको छ ।
पावरफुल इन्जिनकै कारण युवा वर्गको रोजाइमा परेको वितरकको भनाई छ । यी बाइकमा इन्जिनले अधिकतम २३ पीएस पावर र १८ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स प्रयोग गरिएको छ ।
मुख्य फिचरः एनएस २०० सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, एवीएस, एफआई, लगाएतका नयाँ नयाँ प्रविधि पाउन सकिन्छ ।
त्यसैगरी तौलको हिसाबलेपनि त्यति हेभि नभएको र सहज राइड गर्न सकिने भएकालेपनि यो बाइकले नेपाली दुईपाग्रे बजारमा नयाँ उचाइ कायम गरेको छ ।
मूल्यः नेपाली बजारमा अन्य प्रतिस्पर्धी प्रोडक्टको तुलनमा बजाज बाइकको मुल्य कम नै छ । जसको कारण पावर र मूल्यकै आधारमा सर्वाधिक विक्री हुने गरेको छ । नेपाली बजारमा यस बाइकको मुल्य तीन लाख ५२ हजार तोकिएको छ ।
नेपाली बजारमा एनएस २५० सिरिजको मोटरसाइकल पनि ल्याउने तयारीमा कम्पनी जुटेको छ ।





