गृहपृष्ठ नेपाल पक्षका यी सांसद राजीनामा नदिने पक्षमा
नेपाल पक्षका यी सांसद राजीनामा नदिने पक्षमा
नेकपा (एमाले) को खनाल–नेपाल समूहका सांसदले आज राजीनामा दिने बताइरहेपनि केही सांसदहरुले भने आफुहरुले राजीनामा नदिने भन्दै प्रष्टिकरण दिइरहेका छन् । शनिबार भएको नेपाल समूहको बैठकले सामूहिक राजीनामा दिने निष्कर्ष निकालेको भएपनि नेपाल समूहका केही सांसदहरुले राजीनामा नदिने बताइरहेका छन् ।
गएको जेठ २ गतेको संरचनामा फर्कने सहमति नभए सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसदहरु बताउँछन् । सुरुवातमा प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्रै राजीनामा दिने भनिए पनि समानुपातिक सांसदले पनि राजीनामा बुझाउने तयारी गरिरहेको नेताहरुको भनाइ छ ।
यसअघि २ जनाले राजीनामा नदिने बताएपछि अहिले नेपाल समूहकै समानुपातिक सांसद समीना हुसेनले नदिने बताएकी छन् । राजीनामा दिने बैठकमा आफु सहभागी पनि नभएको उल्लख गर्दै उनले अहिलेसम्म कुनै पनि नेताले आफुलाई राजीनामा दिन आग्रह पनि नगरेको बताइन् । उनले कसैले राजीनामा दिनुपर्छ भनेपनि आफुले राजीनामा नदिने बताइन् ।





