गृहपृष्ठ नेपालका २९ जिल्लामा पुगे पाँच सय भन्दा बढी संक्रिय संक्रमित
नेपालका २९ जिल्लामा पुगे पाँच सय भन्दा बढी संक्रिय संक्रमित
नेपालका २९ जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा, पर्सा, धनुषा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशको कास्की, नवलपरासी (पूर्व) र गोखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् ।
त्यसैगरी, प्रदेश २ को सलार्ही, सिराहा, सप्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली, गण्डकी प्रदेशको तनहुँ, म्याग्दी, स्याङ्जा, पर्वत र लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशको दैलेख, सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी र अछाममा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, ९१० जना आइसीयू र २९५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





