गृहपृष्ठ मातातिर्थ औशीको अबसर पारेर समाजसेवी चौधरी र कर्माचार्यद्धारा पीडित महिलालाई सहयोग
मातातिर्थ औशीको अबसर पारेर समाजसेवी चौधरी र कर्माचार्यद्धारा पीडित महिलालाई सहयोग
आफनै आमा सम्झेर समाजसेवि द्धारा मिठाई र सारी वितरण मातातिर्थ औंसिको अवसर पारेर समाजसेवि द्धारा मिठाई र सारी सहयोग मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन को अवसरमा समाज सेवि महेश चौधरी र संगिता कार्माचायले सुति सारी र मिठाई वितरण गरेका छन् ।
लहान नगरपालिका भित्र रहेका २१ जना असहाय,एकल महिला तथा सानो चिया पसल गरी जिबिको पार्जन गर्दै आएका महिलाहरुलाई आफनै आमा सम्झेर २१ जना ब्यो वृद्ध महिलाहरुलाई आमाको सम्मान स्वरुप प्रति ब्यक्ती १ थान सुति सारी र मिठाई वितरण वितरण गरेका छन् ।
समाजसेवि चौधरी र कर्माचार्यले पछिल्लो समय निकै चर्चा बटुलेका थिए । श्रीमान र श्रीमतीले दिन दुखिको लागि सहारा बन्दै गएका हुन् ।
बिगतको नेपाल लकडाउनमा लहान नगरपालिकाले गर्न नसक्ने काम श्रीमान र श्रीमतीले गरेका थिए । लकडाउनका मारमा परेका गरीब पीडितहरुको हात मुख जोडनमा निकै सहयोग गरेका थिए ।





