२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपाल – खनाल समूहले राजीनामाको मुडमा बनाउँदा यसो भन्छन भीम रावल

नेपाल – खनाल समूहले राजीनामाको मुडमा बनाउँदा यसो भन्छन भीम रावल

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले राजीनामा दिने संकेत गरेका छन् । नेपाल(खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

राष्ट्रपति विद्यादेवि भण्डारीले बिहिबार बेलुका ९ बजेभित्र बहुमतको सरकारको दाबी गर्न विपक्षमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।
त्यसअघि नै एमालेको नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार