२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ९६० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २०८ जना र १० देखि १९ वर्षका ६२५ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ९४९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार ६१ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ६००, ५० देखि ५९ वर्षका १ हजार २०७ जना, ६० देखि ६९ का ७०३ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३१९ जना, ८० देखि ८९ का ९७ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका ५४ जना छन् । अहिले देशभर १ हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार