२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपालमा आज यति धेरै जनामा कोरोना पुष्टि, यति धेरैले गुमाए ज्यान

नेपालमा आज यति धेरै जनामा कोरोना पुष्टि, यति धेरैले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पिसिआर ७७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ५ हजार ५५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ३ लाख २१ हजार ५१८ संक्रमित निको भइसकेका छन् । देशभर ४९७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१४ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४ हजार ४६६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार