गृहपृष्ठ काँग्रेस सभापति देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर
काँग्रेस सभापति देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्तावलाई ठाडै अश्वीकार गरेका छन् ।
देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन ठाुकरलाई आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् ।
जसपा स्रोतका अनुसार आज देउवा निवास बूढानीलकण्ठमा भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएको एक नेताले बताए ।
जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको देउवालाई भनेको एक नतोले बताए । यस्तै देउवालाई अध्यक्ष ठाकुरले जसपा फुटाउने प्रयास नगर्न समेत आग्रह गरेका छन् ।
यता पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने उपेन्द्र यादव पक्षको भनाई छ ।





