२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ कारवाही फुकुवापछि योगेशले भने : अब सहमति बनाउन लाग्नुपर्छ

कारवाही फुकुवापछि योगेशले भने : अब सहमति बनाउन लाग्नुपर्छ

एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन फुकुवाको विषयलाई माधवपक्षीय नेता योगेश भट्टराईले सकारात्मक संकेत भनेका छन् ।

‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अव कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् । अर्का नेता सुरेन्द्र पाण्डेले पनि कारवाही फिर्तालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

स्थायी कमिटी बैठकले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो ।

गठबन्धन सरकार गठनको समय सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार