२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ प्रचण्ड माधव नेपालको भर पर्दा भए रनभुल्ल

प्रचण्ड माधव नेपालको भर पर्दा भए रनभुल्ल

केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार दिन नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड समीक्षा बैठक बस्न भन्दै शुक्रबार बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगे । तर, माओवादीका नेताहरु चाहिँ यस्तो समीक्षा बैठक काँग्रेस नेताको घरमा हैन, आफ्नै पार्टीभित्र गर्नुपर्ने बताउँछन् ।

अब प्रधानमन्त्री ओलीले देशलाई चुनावतर्फ धकेल्न खोजिरहेका छन् । यो अवस्थामा काँग्रेस, जसपा वा माधव नेपाल समूहको मात्र पछि लागिरहने कि पार्टीले आफ्नो आन्तरिक तयारी पनि गर्ने रु यसबारे गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला आएको माओवादी नेताहरुको बुझाइ छ ।

यसै सन्दर्भमा अहिले माओवादी पार्टीभित्र प्रचण्डले माधव नेपालसँग गरेको सहकार्य र संगतबाट के फाइदा भयो भन्ने अनौपचारिक बहस सुरु भएको छ । माधव नेपालसँग मात्र होइन कहिले काँग्रेससँग त कहिले एमालेसँग हुँदै आएको गठबन्धनमाथि नै समीक्षा हुनुपर्ने माग माओवादीभित्र उठ्न थालेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

यतिखेर प्रचण्ड रनभुल्लमा पर्दै नयाँ बाटो खोजिरहेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवसहित शेरबहादुर देउवासँगको सहकार्यमा प्रतिपक्षी मोर्चामा उनले आफूलाई उभ्याएका छन् ।

अब प्रचण्डले उक्त मोर्चाको स्थायित्व र विश्वसनीयताबारे पनि आजै समीक्षा गर्न जरुरी देखिएको सो पार्टीका नेताहरु बताउँछन् । माओवादीका कतिपय कार्यकर्ताहरु अब प्रचण्डले अरुको भरमा परेर होइन, आफ्नै खुट्टामा उभिएर पार्टी निर्माण र राजनैतिक परिचालन गर्नुपर्नेमा जोड दिन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार