गृहपृष्ठ हेरौं नेपालमाआज बिहिबार कुन उमेरका कति संक्र’मित थपिए ?
हेरौं नेपालमाआज बिहिबार कुन उमेरका कति संक्र’मित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ८ हजार ३०५ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २२७ जना र १० देखि १९ वर्षका ५२९ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ८१८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९३२ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४१५, ५० देखि ५९ वर्षका १ हजार १७० जना, ६० देखि ६९ का ६६४ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३०३ जना, ८० देखि ८९ का ११२ जना, ९० देखि १०० वर्ष उमेरका २७ जना र उमेर नखुलेका ३० जना छन् । अहिले देशभर १ हजार ७४८ जना आईसीयूमा र ४९२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि
सर्वोच्च अदालतले धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।
राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।
उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो । तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।





