२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ सरकारले विद्यालय संचालन गर्न मिति तोक्यो यति गते देखि खुल्छन अब विद्यालय !

सरकारले विद्यालय संचालन गर्न मिति तोक्यो यति गते देखि खुल्छन अब विद्यालय !

काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधित नियमावली अनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए ।

काठमाडौं, ६ जेष्ठ सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।

आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ । बोर्डका अध्यक्ष डा। पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गरिने जानकारी दिए ।

कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार