२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ नेपालमा आज फेरी यति धेरै जनामा कोरोना पुष्टि, १२९ जनाले गुमाए ज्यान

नेपालमा आज फेरी यति धेरै जनामा कोरोना पुष्टि, १२९ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पिसिआर ७४८ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको थियो ।

आज देशभर ८ हजार ८४८ जनालाई कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ८३ हजार ६८४ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२९ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ६ हजार १५३ पुगेको छ । देशभर ८६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार