२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ केनलाई गोल्डेन बुट अवार्ड

केनलाई गोल्डेन बुट अवार्ड

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् ।

इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे । यस्तै गोलका लागि १४ असिस्ट गरे ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले २२ गोल गरे ।

आइतबार राति लेष्टर सिटीमाथि ४-२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।

केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार