२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आईपीएल युएईमा गर्ने तयारी

आईपीएल युएईमा गर्ने तयारी

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने सम्भावना देखिएको छ ।

बीसीसीआईले आईपीएलको बाँकी खेलहरु युएईमा आयोजना गर्ने तयारी थालेको छ ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

तर, बीसीसीआईले सेप्टेम्बर देखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने तयारी थालेको छ ।

बीसीसीआईले सम्भावित मिति सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्मलाई चयन समेत गरेको छ ।

बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको छ ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार