२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ गाेलकिपर अर्पणलाई मातृशाेक ,कोरोना संक्रमण भएपछि प्राणत्याग

गाेलकिपर अर्पणलाई मातृशाेक ,कोरोना संक्रमण भएपछि प्राणत्याग

काठमाडौं | नेपाली गोलकिपर अर्पण कार्कीलाई मातृशोक परेको छ ।

नेपाल यू-१६, १८ र १९ का समेत कप्तान रहेका अर्पणलाई मातृशोक परेको हो ।

अर्पणकी आमा सरस्वती कार्कीको कोरोनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । तर विहिबार विहान उनले आफ्ना प्राणत्याग गरेको बताइएको छ ।

कोरोना महामारिका कारण सरकारले निषेधाज्ञा लगाएपछि नेपाल सुपर लिग खेलेर अर्पण गृहनगर जान पाएका थिएनन् ।

सामाजिक संजालमा अर्पणले ‘आमा मलाई किन पर्खनु भएन’ भनेर लेखेका छन् ।

अर्पणले आमाको निधनको दुःख आफ्नो सोसियल मिडियामा राखेका छन ।

जेठ १ गते समापन भएको फ्रेन्चाईज सुपर लिगमा अर्पणले ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरेका थिए । कुल ८ खेल खेलेका उनले चार खेलमा क्लिन सिट राखेका थिए ।

अर्पणकै नेतृत्वमा नेपालले भुटानमा यु–१८ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । राष्ट्रिय टोलीको क्लोज क्याप सम्म रहेका उनले उमेर समूहको यू२३ टिमको भने प्रतिनिधित्व गरिसकेका छन् ।

घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्दा अर्पण टोलीका प्रतिनिधि थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार