२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ युनाईटेडलाई हराउँदै भिल्ला रियल च्याम्पियन, इतिहास कै सर्वाधिक ठुलो उपाधि

युनाईटेडलाई हराउँदै भिल्ला रियल च्याम्पियन, इतिहास कै सर्वाधिक ठुलो उपाधि

एजेन्सी । स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको २९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउट समेत रोमान्चक बनेको थियो ।

तर, कुल २२ पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए ।

जियाको प्रहार भिल्लाका गोलकिपर रुलीले बचाएका थिए ।

यससँगै भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ ।

भिल्लाको इतिहासमा यो नै सर्वाधिक ठुलो उपाधि हो ।

Image

युनाईटेड भने दोस्रो पटक युरोपा लिगको उपाधि जित्न असफल भएको छ ।

यस अघि युनाईटेडले २०१७ मा उपाधि जितेको थियो ।

त्यसयता युनाईटेडले कुनैपनि उपाधि जित्न सकेको छैन ।

Image

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार