गृहपृष्ठ सविता के.सी का तीस उदक
सविता के.सी का तीस उदक
१.
वह
हृदयबाट झर
आफन्तको मनमा पर !
२.
चर्को
नुनको पीडा
दुस्ख्ने उही मुटु !
३.
वियोग
नफर्कने यात्रा
बाँच्नेका निमित्त जात्रा !
४.
समय
आयो गयो
चाँडो ढिलो भयो !
५.
आँसु
गोहीका आँखा
पाषाणको गहिरो कचौरा !
६.
वेदना
मनमा काँडा
नयनमा सङ्लो झरना !
७.
काँडा
अति छाडा
खिलका राता जरा !
८.
मन
संवेदन अङ्ग
देखिन्न दुख्छ झर्छ !
९.
नयन
छङ्छङ् पानी
हर्ष दुःखका आँसु !
१०.
छाडा
प्राकृतिक खेल
एकान्तको मिठो मेल !
११.
संवेदना
भावनाका अनुभूति
पीडामा बनेको हाउगुजी !
१२.
अङ्ग
वर्ण बनावट
हाड मासु छाला !
१३.
ढिला
भएको अबेला
गुरु जस्तै चेला !
१४.
नियत
मनको खेल
दुःखको बिउ उपार्जन !
१५.
घाउ
मुटु वरपर
दिमाग प्रयोग नगर !
१६.
मलम
समयको रफ्तार
पीडाले गरेको गिरफ्तार !
१७.
मुटु
मायामा लुटुपुटु
खाएको मन कुटुकुटु !
१८.
झर
आँसुको बाटो
गलामा बसेको टाटो !
१९.
दिन
झलमल घाम
पीडाको यात्रामा जाम !
२०.
रात
वेदनाको खात
निद्रामा अँध्यारो साट !
२१.
घाउ
नयाँ पुरानो
कोट्याउन बोकेको दाउ !
२२.
दुखाइ
अदृश्य भोगाइ
दायाँ बायाँका घाउ !
२३.
मनसाय
खाडल खन्ने
आफ्नो मन भर्ने !
२४.
सोच
विकृति फैलाउने
अनि आत्मसन्तुष्टि खोज्ने !
२५.
विपत
खट बनाउन
आवश्यक चार काँध !
२६.
श्वास
बनाएको लास
बिरुवा संरक्षणमा ध्यान !
२७.
आमा
हृदयको कुनामा
ममता चोली तुनामा !
२८.
आमा
मायाको शीतल
जीवनका हरेक पाइला !
२९.
समता
आमाको माया
खुसीको सुन्दर महल !
३०.
माया
आमाको आँचल
आँसु पुछ्ने रुमाल !
सविता के.सी.बझाङ, हाल काठमाडौं





