२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ मुठ्ठी दान कार्यक्रम गरि गरिब परिवारलाई सहयोग

मुठ्ठी दान कार्यक्रम गरि गरिब परिवारलाई सहयोग

 

सुरेश यादब,पश्चिम नवलपरासी,१३,जेठ ।   पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ मा किशोरहरुले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाई सहयोग गरेका छन ।

लुम्बिनी संवाद केन्द्र र पाल्हि उज्ज्वल संवाद केन्द्रको सयुक्त आयोजनामा सञ्चालन गरेको मुठ्ठी दान कार्यक्रम बाट संकलन गरेको चामल एक गरिब परिवारलाई सहयोग गरिएको पाल्हि उज्ज्वल संवाद केन्दका एनिमेटर सदरे आलमले बताउनुभएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले रोकथामको लागि गरेको निषेधाज्ञाका कारण मजदुरी गरेर खाने गरिब परिवारका मानिसहरुलाई कठिन भएको हुदा संवाद केन्द्रले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाइ सहयोग गरिएको लुम्बिनी संवाद केन्द्रका एनिमेटर मिनाज अलिले बताए ।

साथै संकलन गरेको करिब ६ किलोग्राम चामल पाल्हिका एक गरिब परिवारलाई दिएको छ । एक छाक टार्न कठिन भएको सुकदेव हरिजनका परिवारलाई युक्त चामल हस्तान्तरण गरिएको एनिमेटर अलिले बताउनुभएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार