गृहपृष्ठ आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ६ हजार ९३९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २१४ जना र ११ देखि २० वर्षका ६४८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १ हजार ४७४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक १ हजार ५०३ जना छन् । ४१ देखि ५० वर्षका १ हजार १३३, ५१ देखि ६० वर्षका ८८४ जना, ६१ देखि ७० का ५११ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २३६ जना, ८० देखि माथिका १०५ जना र उमेर नखुलेका २३ जना रहेका छन् । अहिले देशभर १ हजार ६४५ जना आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि
कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको नि’धन
नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको को’भिड–१९ संक्र’मणका कारण मृ’त्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उप’चार’रत उनको बिहीबार बिहान नि’धन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृ’त्यु भएको हो ।
उनी करिब एक महिनाअघि देखि उप’चार’रत थिए । उनलाई अति सम’स्या भएपछि चारदिन अघिमात्र भेन्टि’लेटरमा राखेर उप’चार जारी थियो ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले यसको पु’ष्टि गरेका छन् । केही महिना अघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित थिए ।
उनी २८ बेसिकका सैन्य सेवा प्रवेश गर्ने अधिकृत थिए । सहायक रथीमा करिब एकवर्षअघि बढुवा भएका केसी काठमाडौंका रैथाने हुन् । न्यूरोडका स्थायी बासिन्दा केसीको श्रीमती र दुई छोरी छन् ।





