२०८३ भदौ ११ गते बिहीवार | August 27, 2026

गृहपृष्ठ नेपालमा आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४ हजार ४८७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १२० जना र ११ देखि २० वर्षका ३९६ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ९२२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ९८१ जना छन् । ४१ देखि ५० वर्षका ७१५, ५१ देखि ६० वर्षका ६०२ जना, ६१ देखि ७० का ३३० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १४८ जना, ८० देखि माथिका ८१ जना र उमेर नखुलेका १६ जना रहेका छन् । अहिले देशभर १ हजार ६१४ जना आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।
बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।

कसले पाउँछन् वृद्धभत्ता ?

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए । अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा। रामशरण महतले १ हजार पुर्‍याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए । उक्त रकमलाई २०७६ सालमा डा। युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार