गृहपृष्ठ आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५ हजार ३१६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १२७ जना र ११ देखि २० वर्षका ३६९ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १ हजार २१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक १ हजार ७३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ७७३, ५१ देखि ६० वर्षका ६०५ जना, ६१ देखि ७० का ३१७ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १५४ जना, ८० देखि माथिका ६८ जना र उमेर नखुलेका १७ जना रहेका छन् । अहिले देशभर १ हजार ४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






