गृहपृष्ठ सांसदको गाडीले ठ’क्कर दिँदा पैदलयात्रीको मृ’त्यु, चालक भागे
सांसदको गाडीले ठ’क्कर दिँदा पैदलयात्रीको मृ’त्यु, चालक भागे
प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठ’क्कर दिएको थियो ।
कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृ’त घोषित गरेका थिए ।
कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।
कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी ग’म्भीर घा’इते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उप’चार भइरहेको छ । मृ’तक र घा’इते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।
रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।
प्रहरी स्रोतका अनुसार बिहीबार केही साथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठ’क्कर दिएको थियो ।
‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घा’इतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।






