गृहपृष्ठ २०० वाट क्षमताको साओमीको नयाँ चार्जर, जसबाट हुन्छ ८ मिनेटमै ब्याट्री फुल
२०० वाट क्षमताको साओमीको नयाँ चार्जर, जसबाट हुन्छ ८ मिनेटमै ब्याट्री फुल
साओमीले २०० वाट क्षमता भएको चार्जरको प्रदर्शनी गरेको छ । कम्पनीले हालै ट्वीटरमा गरेको ट्वीटमा यो चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको देखाइएको छ । साथै कम्पनीले १२० वाटको वायरलेस चार्जर पनि ल्याएको छ ।
वायर्ड र वायरलेस दुवै चार्जिङ प्रविधिमा यी उपकरण हालसम्मकै उच्च क्षमताको मानिएको छ । ४ हजार एमएएच ब्याट्री क्षमता भएको साओमी मि ११ प्रो स्मार्टफोनमा यी चार्जरको परीक्षण गरिएको थियो ।
यसअन्तर्गत वायर्ड चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको थियो भने वायरलेस चार्जरबाट १५ मिनेटमा फुल चार्ज भएको थियो । १० प्रतिशत चार्ज हुन वायर्ड चार्जरबाट ४४ सेकेण्ड लागेको थियो भने वायरलेस चार्जरबाट एक मिनेट समय लागेको थियो ।
व्यवसायिक रूपमा यो चार्जर बजारमा ल्याउनेबारे हाल कम्पनीले कुनै जानकारी दिएको छैन ।
Charge up to 100% in just 8 minutes using wired charging and 15 minutes wirelessly! #XiaomiHyperCharge
Too good to be true? Check out the timer yourself! #InnovationForEveryone pic.twitter.com/muBTPkRchl
— Xiaomi (@Xiaomi) May 31, 2021





