गृहपृष्ठ हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४ हजार ३४४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ११९ जना र ११ देखि २० वर्षका २८४ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ६५८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ७८५ जना रहेका छन् । ४१ देखि ५० वर्षका ५८७, ५१ देखि ६० वर्षका ४६८ जना, ६१ देखि ७० का २३६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १४४ जना, ८० देखि माथिका ६४ जना र उमेर नखुलेका ४ जना रहेका छन् । अहिले देशभर १ हजार ३१२ जना आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार १७९ पुगेको छ ।












