२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कुन कुन ठाउँमा छ बाढीको खतरा ? यसरी अनलाइनबाट थाहा पाउनुहोस्

कुन कुन ठाउँमा छ बाढीको खतरा ? यसरी अनलाइनबाट थाहा पाउनुहोस्

गण्डकी र लुम्बिनी प्रदेशसहित देशका विभिन्न ठाउँमा केही दिनदेखि अविरल वर्षा भइरहेकाे छ । वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।

अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिराेकाे पनि खतरा छ । यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, पहिराे बारे पूर्वसूचना लिएर सावधानी अपनाउन विभागले अनुराेध गरेकाे छ ।

यसअन्तर्गत विभागले हरेक दिन विहान ७ बजे बाढी पूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरेकाे छ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।

साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमान बारे जानकारी लिन सकिने विभागले जनाएकाे छ । साथै विभागकाे फेसबुक र ट्वीटर अकाउन्टबाट समेत अपडेट लिन सकिनेछ ।

त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुन सक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार