गृहपृष्ठ एनआरएन अस्ट्रेलिया (NRNA) को सिस्टम सेक्युर नरहेको दावी, सदस्यहरूको डाटा जोखिममा
एनआरएन अस्ट्रेलिया (NRNA) को सिस्टम सेक्युर नरहेको दावी, सदस्यहरूको डाटा जोखिममा
देव चापागाईं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता लिनको लागि यसअघि ईमेल मार्फत डकुमेन्ट बुझाइन्थ्यो भने यसपाली एनआरएन अष्ट्रेलियाको सिस्टमबाटै फारम भर्न सकिने भएको छ । यसै बीच एनआरएन अष्ट्रेलियाको वेब साइट सेक्युर नरहेको र पर्योगकर्ताको डाटा समेत सुरक्षित नरहेको एल्को कम्पनीका निर्देशक उज्जल खनालले ई-नेपाल सँग बताउनुभएको छ।
विगत १५ वर्ष देखि वेब सेक्युरिटी र आईटी क्षेत्रमा काम गर्दै आउनुभएको खनाललेआफ्नो अनुभवको आधारमा वेबसाइट र सिस्टम सुरक्षित नरहदा डाटा जोखिममा रहने जानकारी दिनुभयो । एनआरएनएले सबैको डाटा सुरक्षित क्लाउड सर्भरमा भण्डार गरिने, जुन डाटा सुरक्षित रहने र गोपनीयता बारे संवेदनशिल रहेको बताउदै आएपनि उक्त सिस्टम सुरक्षित नरहेको र एनआरएनएले आफ्नो सदस्यको डाटा जोखिममा राखेको भन्दै सबै पर्योगकर्तालाई आफ्नो डाटा सुरक्षित राख्न खनालले अनुरोध गर्नुभएको छ ।
खनालले भन्नुभयो ‘अहिलेको समयमा त्यस्ता धेरै प्रविधि छन जसको माध्यमबाट हामीले वेबसाइट होस् वा अन्य कुनैपनि अनलाइन प्ल्याटफर्ममा राखिएका हाम्रो डाटा सुरक्षित गर्न सकिन्छ जसको लागि अनुभवी र योग्य व्यक्तिको खाँचो पर्दछ।





