गृहपृष्ठ माण्डवी संस्थाको कार्यकरी निर्देशकअन्जु झाले आपसी मतभेद सृजना गराईरहेको नगर प्रमुख संतोष मेहताको अरोप
माण्डवी संस्थाको कार्यकरी निर्देशकअन्जु झाले आपसी मतभेद सृजना गराईरहेको नगर प्रमुख संतोष मेहताको अरोप
इसत्याक अहमद, रौतहट, ५, असार । बर्सेनि बाढीको चपेटमा रहेको ईशनाथ अन्तर्गत नगरपालिकामा माण्डवी संस्थाको कार्यकरी निर्देशक समाज सेवी अन्जु झाले आपसी मतभेद सृजना गराईरहेको नगर प्रमुख संतोष मेहताले जनाएको छ । २०७४ को स्थानीय नगर लक्षित गरि नगरमा द्वन्द्व सृजना गराएको मेयर मेहताले जनाएको हो ।
स्थानिय नगर तहमा कुनै संस्थाले कुनै कार्य गर्नु परेमा उत्त स्थानिय संघ समन्वय र जानकारी गरि मात्र कार्य गर्न पर्ने पाउने कानुनी प्रावधान रहेको , तापनि माण्डवी नामक संस्थाको कार्यकारी निर्देशका झाले संस्थाको आडमा आफ्नो राजनितीक स्वार्थ पुरा गरि रहेकोले स्थानिय बताएका छन्न ईशनाथ नगरपालिका अन्तर्गतमा झाले आउदो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षको उम्मेदवारी दिने भएपछि आफ्नो नजिकको कार्यकर्ता लाई केही थान समान बितरण गरि नगरमा आपसी द्वन्द्व सृजना गरेको मेयर मेहताले जनाए ।
गाउँ जस्तोमा रहेको नगरपालिका अहिले बिकास गर्दै गर्दा बिकास कार्यमा झाले केही ब्यक्ति परिचालन गरि बिकाश निर्माणकार्यमा बाधा पुर्याई रहेको देखिन्छ र मलाई बदनाम गरिरहेको नगर प्रमुख मेहताले जनाएको छ । नगरमा झाले आफ्नो आसेपासे ब्यक्तिलाई मोबाइल फोन किषि घानको बिउ बितरण गरि नगरमा द्वन्द्व फैलाउने कार्य गरिरहेको र भ्रष्टाचार लुकाउन झाले समाजिक सञ्जाल फेसबुके प्रचार प्रसार गरिरहेको मेयर मेहताले जनाएको हो।
झाको कार्य प्रती नगर प्रमुख मेहताले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएको सो कार्य बिना नगरपालिकाको सहमति बिना नगर्ने भने तापनि झाले सो कार्यलाई निरन्तरता दिएको हो । झाले आफू स्थानीय तहको चुनावमा वडामा उम्मेदवारी दिने मनसाय बनाएको र भोट माग्नका लागि फोनबाटै आसेपासे लाई संचालन गर्न मोबाइल बितरण गरेको मेयर मेहताले आरोप समेत लगाएको हो। तर निर्देशक झाले आफू मेयर पदमा उमेदवारी दिने कुरा समाजिक सञ्जाल फेसबुक र केही आसेपासेलाई मात्रै जानकारी रहेको स्थानीयले जनाएको हो ।
आफू निर्वाचित पछि आएको बाढीमा स्थानीयहरुको दुख सुख साथ दिएको र खाद्यान्न सामाग्री समेत सहयोग गरिएको मेयर मेहताले जनाएको हो । गत बर्ष आएको कोरोना भाईरसको कहरमा रौतहटमा सबैभन्दा बढी संक्रमित यसै नगरपालिकाको रहँदा सबैको चिकित्सकको रेखदेखमा राखेको देखि अन्य ब्यवस्था मिलाएको मेयर मेहताले जनाएको छ । तर चार बर्ष देखि हराएको निर्देशक झा यस नगरपालिकाको नागरिक भए तापनि सधैं जसो गौरमा बसोबास गर्दै आएको हो ।
अहिले निर्वाचनको समय नजिक्दै जाँदा आसेपासेलाई झाले माण्डवी नामक संस्थाको आडमा केही समान बितरण गरि नगरमा द्वन्द्व सृजना गरि मलाई बदना गर्न खोजिेको मेयर मेहताले जनाएको हो। झाले गत आर्थिक वर्ष रकम असुल गरि संस्थाको नाममा लुटतन्त्र मच्चाएको मेयर मेहताले जनाएको हो। झाले आफू रहेको संस्थाको भ्रष्टाचार लुकाउन समाजसेवामा लागेको मेयर मेहताले आरोप समेत लगाएका छन् ।





