गृहपृष्ठ परोपकार युवा समाज अर्घाखाँचीले सचेत गराउदै बाड्यो स्वास्थ्य सामाग्री
परोपकार युवा समाज अर्घाखाँचीले सचेत गराउदै बाड्यो स्वास्थ्य सामाग्री
परोपकार युवा समाज अर्घाखाँचीले सेवा र सहयोगलाई अभियानकै रुपमा अघि बढाउने क्रममा आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।
युवा समाजले कोरोनाको कहर समुदायमा अझै पनि उत्तिकै रहेको ठहर गर्दै नगरपालिका भित्रका करिब २० घरधुरीलाई समाजका अध्यक्ष हलिम खानको नेतृत्वमा गएको युवा टोलीले माक्स , सेनिटाइजर, सावुन जस्ता स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो।
एउटै माक्सलाइ परिवारका सबै सदस्यहरुले प्रयोग गरेको तथा स्वास्थ्य मापदण्डलाइ पालना नगरेको भन्ने जानकारी प्राप्त भएपछी समाजले स्वास्थ्य सामग्री लिएर उक्त ठाउँमा पुगेको जनाएको छ ।
माक्सको सहि ढंगले प्रयोग गर्ने, नियमित हात धुने तरिका लगाएत कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि अध्यक्ष खाँनले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको हो । युवा समाजका अध्यक्ष खाँनले यसप्रकारको अभियानलाई अन्य ठाउँमा पनि लैजाने बताएका छन् ।





