२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ नेपालमा थप यति जनामा कोरोना संक्रमण हुदा, २० जनाले गुमाए ज्यान

नेपालमा थप यति जनामा कोरोना संक्रमण हुदा, २० जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार