गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५९६ जनामा गरिएको परीक्षणमा २ हजार २९९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा आरटी पीसीआर र ४ हजार ३० जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ३९१ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा ३७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै मृतकको संख्या ९ हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।






